
फागुन १८ सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक हुन लागिएको ‘क्यान इन्फोटेक’ले प्रदेशलाई भविश्यमा ‘डिजिटल’ प्रदेशको रुपमा विकसित गर्न सहयोग पु¥याउने क्यान महासंघ कर्णाली प्रदेशका अध्यक्ष पूर्णदेव अधिकारीले बताउनुभएको । कर्णालीलाई डिजिटल प्रदेश निर्माण गर्नका लागि यहि फागुन २४ गते देखि २८ गते सम्म कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा कर्णालीमा प्रविधिको विकास गर्नको लागि ‘क्यान इन्फोटेक २०१९’ गर्न लागिएको अध्यक्ष अधिकारीको जानकारी दिनुभयो ।
‘सुचना प्रविधिको विस्तार–डिजिटल कर्णालीको आधार’ भन्ने मूल नाराका साथ कम्प्युटर एशोशियसन नेपाल (क्यान) महासंघ सुर्खेतले ‘इन्फोटेक’ गर्न लागेको हो । सुचना सञ्चार प्रविधिको वृहत प्रदर्शनी हुने ‘इन्फोटेक’ मा आइटी सेमिनार, नेपाली वैज्ञानिकहरुले निर्माण गरेको रोवर्ट लगायत विभिन्न आइटी सामग्रीको प्रदर्शन समेत हुने क्यान महासंघ सुर्खेत शाखाका अध्यक्ष प्रेमप्रकाश चन्दले जानकारी दिनुभयो ।
यस्तै ‘इन्फोटेक’ मा विद्यालयस्तरिय वक्तृत्वकला प्रतियोगिता, हरेक दिन लक्की ‘ड्र’ बाट एक जनालाई ‘रारा भिजिट’ गराउनका साथै लक्की ‘ड्र’ बाटै हरेक दिन १० जनालाई एन्टिभाइरस निःशुल्क उपलव्ध गराइने क्यान महासंघ सुर्खेतले जनाएको छ । ‘इन्फोटेक’ अवधिभर कम्प्युटर, ल्यापटप र प्रिन्टरको निःशुल्क मर्मत सेवाका साथै सामान खरिदमा ५ देखि ५० प्रतिसतसम्म छुट दिइने र पव्जि गेम कम्पिटिसन समेत हुने जनाईएको छ ।
स्कुल स्तरीय वक्तृत्वकला प्रतियोगिता, पियुबिजी गेम प्रतियोगीता, दृष्टिबिहीनहरुलाई कम्प्यूटर तथा मोवाइल चलाउने सिकाइने व्यवस्था रहेको जनाईएको छ । अनलाइन टिकेटिङ्गमा निःशुल्क प्रवेशको व्यवस्था मिलाउनुको साथै इन्फोटक संचालनका लागि करिब ३६ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाई छ ।
इन्फोटेकको उद्घाटन कर्णाली प्रदेशमै पहिलो पटक रोबोटबाट गर्ने तयारी भइरहेको र इन्फोटेकमा कर्णाली प्रदेशका १० वटै जिल्लाको सहभागिता रहने क्यान महासंघ सुर्खेत शाखाका अध्यक्ष प्रेमप्रकाश चन्दले जानकारी दिनुभयो ।
इन्फोटेकमा ७० वटा स्टल रहने साथै राष्ट्रियस्तरका व्यवसायीहरु सहभागी हुने, नेपालमा भित्रिएका नविनतम् प्रविधिहरुको प्रदर्शनी मुख्य आकर्षक रहेको अध्यक्ष चन्दले बताउनुभयो ।
मेला भित्र आईसिटी कन्फ्रेन्स, आईटी वर्कसपहरु डिजिटल कर्णालीका लागि स्मार्ट प्रविधि विषयमा सेमिनार संचालन हुनेछन् । सरकारी, गैरसरकारी तथा नीजि क्षेत्र, शिक्षक, विद्यार्थी, शिक्षा तथा विज्ञान तथा प्रविधि क्षेत्रको उल्लेख्य सहभागिता हुने अपेक्षा आयोजकले गरेको छ ।
इन्फोटेकले कर्णाली प्रदेशमा सूचना संचार र प्रविधिमा जानकारी, प्रचार प्रसारका साथै व्यापार प्रवर्धनमा समेत टेवा पु¥याउने साथै कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र व्यापारलाई प्रविधिसंग जोड्नुका साथै स्थानीय मुख्य पर्यटकिय आकर्षण क्षेत्रको हिसावले धार्मिक तथा ऐतिहासिक रुपमा राष्ट्रिय सम्पदाहरुलाई प्रविधिमा जोडेर पर्यटन प्रबर्धनमा टेवा पु¥याउने लक्ष्य आयोजकले राखेको छ । टिकट व्यवस्थित गर्न आइएमइ पे मार्फत अनलाईन टिकटको व्यवस्था गरिने बताइएको छ ।
क्यान महासंघ सुर्खेत शाखाले आयोजना गरेको इन्फोटेकको मुख्य प्रायोजक आईएमई पे रहेको छ भने सह प्रायोजक भिस्टा सिसि टिभि, गोल्ड इस्पोन्सर लुम्बिनी विज ग्रुप प्रा.लि., सिल्भर इस्पोन्सर ईस्क्यान, पिन्ट इस्पोन्सरमा आदिम नेशनल कलेज काठमाडौ र साहारा कलेज सुर्खेत, हस्पिटालिटि होटल डुकु, डिजाइन पिन्टर मुना डिजाइन रहेका छन् ।
यस्तै अफिसियल बैङ्कमा मेघा बैङ्क रहेको छ भने अफिसियल इन्स्योरेन्समा प्रभू इन्स्योरेन्स, मिडिया पार्टनरमा हाम्रो अखबार दैनिक, देउती एचडी टेलिभिजन, जागरण एफएम, बुटवल टुडे, www.quickkhabar.com, nepalgatha.com, ictframe.com/ thetriratna.com.np लगायत अन्य विभिन्न प्रायोजकहरु रहेको आयोजकले बताएको छ ।



Prawash Kumar Shakya । १८ फाल्गुन २०७५, शनिबार १४:५२ बजे