
१९ असार, सुर्खेत । वीरेन्द्रनगर नगरपालीका, यू.एन.डि.पि र अन्तरनिर्भर समाज सुर्खेतको साझेदारीमा वीरेन्द्रनगर वडा ६ स्थित बसपार्कमा नवनिर्मित अत्याधुनिक अपाङ्ग, लैगिंक तथा वातावरण मैत्री सार्वजनिक शौचालयको निर्माण कार्य सम्पन्न भएको छ ।
वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक नगरप्रमुख मोहनमाया ढकाललाई फिल्ड कार्यालय यू.एन.डि.पि.का प्रमुख रफिक सिद्धीकीले नवनिर्मित शौचालय भवन हस्तारण गर्नुभएको हो ।
शौचालयको निर्माणमा नगरपालिकाको तर्फबाट ९ लाख ६३ हजार ८ सय ९० यू.एन.डि.पिको तर्फबाट १५ लाख ७२ हजार ६ सय ३३ र अन्तरनिर्भर समाज सुर्खेतको २ लाख ८१ हजार ८ सय ९३ गरि जम्मा २८ लाख १८ हजार ३ सय ९३ को लागतमा शौचालय निर्माण गरिएको हो । उक्त शौचालयमा ३ वटा कमोड, ४ वटा पिन सेट र ४ वटा मेल यूरेनरी रहेको छ ।



Prawash Kumar Shakya । १९ असार २०७७, शुक्रबार १३:२६ बजे