घुम्न जाँदै हुनुहुन्छ? होशियार (भिडियो सहित)


२० असार, सुर्खेत । विश्वव्यापी फैलिरहेको कोरोना भाइरस कोभिड १९ ले धेरै राष्ट्रहरु लकडाउन गरिए त्यससंगै हाम्रो देशपनि ३ महिना लकडाउन भयो । यो तिन महिना नागरिकलाई घर मा बस्न निकै सकस परेको देखियो भने जीवन जीउन पनि त्रासदीपूर्ण रह्यो ।

सरकारले अहिले नागरिकहरुलाई धेरै सहज बनाउनकालागि लकडाउनलाई खुकुलो पारेको छ । यहि खुकुलो लकडाउनको फाइदा उठाउन यतिवेला नागरिक तछाड मछाडमा छन् । कोरोना महामारीको कुनै परवाह नगरि यतिवेला नागरिकको सडकमा भिडभाड बढेको पाइएको छ । यही अवस्थालाई मध्यनजर गर्दै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोनाको महामारी रोकथाम गर्नकालागि यही असार १९ गतेबाट अतिआवश्कय बाहेकका व्यावसाय विहान ७ बजेदेखि साँझ ५ बजे सम्म मात्र संचालन गरेको छ भने निजी सवारी साधन सञ्चालनमा जोरविजोर प्रणाली लागु गरेको छ ।

तर नागरिक भने जोरविजोर प्रणालीलाई वेवास्ता गर्दै वीरेन्द्रनगरको उत्तरी भेक कटकुवा र गोठीकाँडा घुम्न जान थालेका छन् । यसरी जाँदा भिडभाड बढेपछि आज प्रहरीले कटकुवा र गोठीकाँडाबाट नागरिकलाई फर्काइदिएको छ ।

कोरोनाको महामारीलाई रोकथाम गर्ने जिम्मा प्रहरीको मात्र होइन हामी सबै नागरिकहरुको हो त्यसैले हामी सबै सचेत र सजग हुन निकै जरुरी रहेको समाजिक सञ्जाल फेसबुक समूह “तनाव छ जिन्दगी” र “मोटे ग्याङ्ग नेपाल”का सञ्जय योगी र नरेश शर्मा भन्नुहुन्छ ।