त्रिरत्ना मिडियाको नयाँ तिज गित सार्वजनिक “के छ बुढा हालखबर……”


३ साउन, सुर्खेत । यतिवेला कोरोना भाइरस कोभिड १९ को संक्रमण हाम्रो देशमा केही घट्दै गइरहेको अनुभव भैरहेको वेला नारीहरुको महान चाड हरितालिका तीज पनि नजिकिएको छ ।

प्रत्येक बर्ष बैशाख देखि नै तीजको रौनक शुरु हुने यसपाली भने कोरोना भाइरसले गर्दा भरखरै शुरु भएको छ । यतिवेला सम्म तमाम तीज गितहरु आइसक्ने बजारमा अहिले केही मात्रामा मात्र तीज गित बजारमा आएका छन् ।

यसै वीच कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको हाम्रो त्रिरत्ना मिडिया प्रा.लि.ले पनि २०७७कालागि तीज गित “के छ बुढा हालखबर…..” बोलको तीज गित सावर्जनिक गरेको छ । गीतमा विषेश गरेर बैदेशिक रोजगारीका सिलसिलमा विदेशिएका पुरुषहरुको कथा समेटिएको छ ।

त्रिरत्ना मिडियाले बजारमा ल्याएको तीज गित “के छ बुढा हालखबर….”मा प्रेमकला खत्री र विहानी विकको स्वर रहेको छ भने शब्द अशोक कुमार सिंह र लय विहानी विकको रहेको छ । गीतको भिडियोमा निर्मला शाही र पर्वत परियारले अभिनय गर्नुभएको छ ।

त्यस्तै गीतमा त्रिरत्ना सिंह, मनिषा थापा, करिष्मा सिंह, सिता विष्ट, डिला थापामगर, जस्मिका शाही, सुनिता विष्ट, पुष्पा परियार र सम्झना नेपालीले नृत्य गर्नुभएको छ ।

गीतलाई त्रिरत्ना मिडिया प्रा.लि.को युट्युब च्यानलबाट हेर्न सकिने छ ।