२६ चैत्र, सुर्खेत । काठ्माण्डौमा सम्पन्न नेपाल जनजाती पत्रकार महासंघ फोनिजको छौठौ महाधिवेशनबाट कर्णाली प्रदेश संयोजक तथा केन्द्रिय सदस्यमा फोनिज सुर्खेतका निवर्तमान अध्यक्ष अशोक राजी निर्विरोध निर्वाचित हुनभएको छ ।
नवनिर्वाचित फोनिज कर्णाली प्रदेश संयोजक राजीले कर्णाली प्रदेशमा रहेका जनजाती पत्रकारहरुलाई समेटेर एकै ढिका बनाएर अघि बढ्ने बताउनुभयो ।
२०५९ सालमा लोकमन्च दैनिकबाट पत्रकारिता शुरु गर्नुभएका राजीले रेडियो सुर्खेतमा समाचार प्रमुख हुँदै हाल रेडियो नेपाल सुर्खेमा समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।



Milan Shrestha । २६ चैत्र २०७४, सोमबार ०५:३१ बजे