राजधानी बनाउन जुम्लामा आज मोटरसाइकल र्‍याली


हरिकृष्ण कुमाई, जुम्ला
पुस २३,
६ नम्वर प्रदेशको राजधानी कर्णालीमा हुनु पर्ने माग राख्दै थालिएको चौथो दिन आज जुम्लामा मोटरसाईकल र्‍याली निकालिएको छ । मोटरसाईकल र्‍याली मार्फत कर्णालीमा राजधानी हुनु पर्ने सन्देश दिइएको नागरिक समाज जुम्लाले जनाएको छ । माटरसाईकल र्‍याली जिल्ला समन्वय समितिको कार्यालय अगाडी बाट शुरु भएर वहुमुखी क्याम्पस, विमानस्थल, ट्राफिक कार्यालय, वसपार्क, विजयनगर हुदै जिल्ला प्रशासन कार्यालय अगाडी आएर कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई संवोधन गर्दै नागरिक समाज जुम्लाका सचिव सरोज शाहीले राजधानी कर्णालीमा हुनु पर्ने माग सहित थालिएको आन्दोलन पेचिलो बन्दै गईरहेको बताउँदै निरन्तर अधिकारको लडाइ जारी राख्ने बताउदै पहिचान र सामार्थ्य र दुर्गमताको हिसावमा कर्णाली मै राजधानी हुनु पर्नेमा जोड दिए । उनले भने, कर्णाली अब कहिल्यै निरिह बन्न सक्दैन, मागेर अधिकार पाएन भने, खोसेर भएपनि माग संवोधनका लागि तयारी अवस्थामा रहन्छन ।

नागरिक समाज जुम्लाका अध्यक्ष राजवहादुर शाही जुम्लाका प्रतिनिधी, नेता र कामको शिलशिलामा काठमाण्डौ बस्ने कर्णालीबासीलाई भेटेर सिहदरवारलाई कर्णाली बझाउनको लागि आजै काठमाण्डौ  प्रस्थान गरेकाछन् ।