र
१६ साउन, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को कारणले माध्यमिक तहको परिक्षा स्थगित रहेकोमा सरकारले परिक्षा लिने भनेपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरका विद्यार्थीहरुले आज विभिन्न नारा लेखिएका प्ले कार्ड वोकेर विरोध जनाएकाछन् ।
विद्यार्थीको विज्ञप्तीमा मानसिकरुपमा तनावपूर्ण अवस्थामा रहेको र यो वीचमा सरकारले महामारी नियन्त्रण गर्दै राहत दिँदै सामान्य अवस्थामा पुर्याउनुको साटो कहिले परिक्षा गर्ने त कहिले नगर्ने जस्ता केटाकेटीपूर्ण निर्णयहरुले तनाव दिएको उल्लेख गर्दै सरकारलाई परिक्षा गर्न रोक्न र आन्तरिक मुल्याङ्कनबाट नतिजा सार्वजनिक गर्न अनुरोध गरिएको छ ।





Prawash Kumar Shakya । १६ श्रावण २०७७, शुक्रबार १९:३६ बजे