सुर्खेती जनताको नजरमा यस्ता छन प्रहरी हेर्नुहोस ?


सुर्खेत २७, असार । सुर्खेतका ७६ प्रतिशत सर्वसाधारणले प्रहरीले आफनो आचरणमा सुधार ल्याउन ल्याउनु पर्नेमा जोड दिएका छन । जिल्ला प्रहरी कार्यालय सुर्खेतले गरेको सर्वेक्षणका अनुसार ७६ प्रतिशत सर्वसाधारणले प्रहरीले आफनो आचरणमा सुधार ल्याउनु पर्ने धारण राखेका छन ।

प्रहरीको आचरण–व्यवहार कस्तो पाउनु भयो भनि सर्वसाधारणसंग सोधिएको प्रश्नमा ७६ प्रतिशतले आचरण सुधार गर्नुपर्ने धारणा राखेको डिएसपी बहादुरजंग मल्लले बताउनु भयो । उहाँले सुर्खेतमा प्रहरीको आचरण राम्रो मान्ने १० प्रतिशत मात्रै भेटिएको समेत जानकारी दिनुभयो ।

यसैवीच सुर्खेत प्रहरीले समाजमा अपराध न्यूनिकरण गरी शान्ति सुरक्षा कायम गर्ने ‘प्रहरी मेरो साथी’ नामक अभियान संचालन गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा एक भव्य कार्यक्रमको आयोजना गरी प्रहरीले अभियान संचालन गरेको हो ।
अभियानको शुभारम्भ गर्दै पुनरावेदन अदालत सुर्खेतका मुख्य न्यायाधीश तेजबहादुर केसीले प्रहरीको छविलाई उच्च बनाउन अभियानले सहयोग गर्ने वताउनुभयो । उहाँले समाजप्रतिको प्रहरीको भूमिका विश्वसनीय बनाउन यो अभिभायन फलदायी हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख (डिआइजी) माधवप्रसाद नेपालले ‘प्रहरी मेरो साथी’ अभियानले प्रहरी नागरिकका असल साथी र नागरिक प्रहरीको पहिलो प्राथमिकता भन्ने भावनाको विकास हुने वताउनु भयो । नागरिकहरु अझैं पनि प्रहरीस“ग डराउने, हिच्किचाउने अवस्था रहेको उल्लेख गदै उहाँले यो अभियानले प्रहरी र जनतावीचको सम्वन्ध र समुन्वय वढाउने उल्लेख गर्नूभयो ।

शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न प्रहरीको एकल प्रयासबाट सम्भव नहुने भएकाले नागरिक–प्रहरीबीच हातेमालो आवश्यक रहेकोमा डिआइजी नेपालले जोड दिनुभयो । उहाँले अब प्रहरीले समुदायस्तरमा गर्ने सवै कार्यक्रमहरु ‘प्रहरी मेरो साथी’ लेखिएकै ब्यानरमा हुने समेत वताउनु भयो ।

साभारः राराखबर अनलाइन