प्रजिअ सीताराम कार्कीलाई बिदाई


जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट सरुवा भई धनकुटा जान लाग्नु भएको प्रमुख जिल्ला अधिकारीलाई बिदाई गर्दे । तस्विरः सुरज श्रेष्ठबाट ।

सुर्खैत,२३ साउन । लामो समय देखि सुर्खेत जिल्लामा रहि कार्य गरिरहेका प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीलाई आज बिदाई गरिएको छ ।

यहि मिती २०७४ साल असार १४ गते सरुवा भई जिल्ला प्रशासन कार्यालय सुर्खेतमा आएका कार्कीलाई आज बिदाई गरिएको हो । कार्कीले जिल्लामा रहि २०७४ सालको महत्वपूर्ण प्रतिनिधि एवंम् प्रदेश सभाको सफल निर्वाचन गराउनु भएको थियो ।

बिदाई पश्चात सामुहिक तस्विर लिदै प्रमुख जिल्ला अधिकारी । तस्विरः लालबहादुर खत्रिको फेसबुकबाट ।

यसैगरी कार्कीले द्धण्द्धपीडित, मृत र बिस्थापितका परिवारहरुलाई राहात वितरण गर्ने कार्यहरु पनि गरेका थिए ।
सुर्खेत जिल्लाबाट सरुवा भई जिल्ला प्रशासन कार्यालय धनकुटा जान लागेका प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीको ठाउमा जिल्ला प्रशासन कार्यालय डोटीमा कार्यरत वीरेन्द्रकुमार यादव सुर्खेत आउदै हुनहुन्छ ।