आर्थिक रुपान्तरण गर्न बौद्ध सफल


b

१५ असार । दैलेख । बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लि. सुर्खेतले दैलेखको बेलपाटा उप शाखा कार्यालय अन्तरगतका केन्द्र प्रमुख २ दिने गोष्ठि आज नारायण नगरपालिका वडा नं. १ सम्पन्न गरेको छ ।

कार्यक्रमका मुख्य अतिथि नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खडकाले विगत केही वर्ष अघि सम्म पितृसतात्मक सोचमा बाँधिएका दिदिबैनीलाई वित्तिय कारोबारमा सबल र सक्षम बनाउन सफल भएकोमा बौद्ध ग्रामिण प्रति धन्यवाद दिदै उहाँले आर्थिक रुपान्तरणका लागी सम्पुर्ण दिदिबैनीलाई स्वाबलम्बी भई लौंगिक विभेद रहितको समुन्नत समाजको निमार्णमा सहयोग गर्न आग्रह गर्नु भयो ।

कार्यक्रमका विषेश अतिथि नारायण नपाका उप प्रमुख सावित्री मल्लले निम्न स्तरका महिलाहरुको आयआर्जनका लागी अर्थिकरुपमा सबल बनाउन सुर्खेतको बौद्ध सहकारी संस्था एक उदाहरणीय सहकारी संस्था बनेको कारण अबको आफनो ५ बर्षिय कार्यकालमा दैलेख जिल्लामा सदैव हातेमालो गर्दे अघि बढने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

त्यसैगरि संस्थाका सचिव तथा कार्यक्रम संयोजक पासाङ्ग महतराले देश कृषि र पशुपालनमा निर्भर रहनु पर्ने बाध्यता भएपनि, बाध्यतालाई सामर्थ्य बनाइ लघुउधमी बन्न सबै केन्द्र प्रमुखहरुलाई आग्रह गर्दे दैलेख जिल्लाका सदस्यको क्षमता बिकासको लागी संस्थाले पुर्ण रुपमा पहल र सहयोग गर्ने बताउनु भयो ।

त्यस्तै संस्थाका अध्यक्ष एवंम कार्यक्रमका सभापति पंचसिहं रोकायले संस्थाले दिने सेवा सुविधामा दैनिक रुपमा सुधार गर्दै गईरहेको र सदस्यहरुलाई थप गुणस्तरीय वित्तिय सुविधा उपलब्ध गराउदै सदस्यहरुको उज्जवल भविष्य निमार्णका लागि सदैव लागि पर्ने प्रतिबद्धता जनाउदै चर्को ब्याजको प्रलोभनमा कर्जाको दुरुपयोग नर्गन समेत उहाँले अनुरोध गर्नुभयो ।

भौगोलिक रुपमा विकट मानिएको दैलेख जिल्लामा कृषिको सम्भावना बलियो भएकाले लघुवित्त मार्फत कृषिजन्य उत्पादनमा सहभागी गराइ आफ्ना सदस्यहरुलाई रोजगार बनाउने उद्देश्यका साथ केन्द्रका केन्द्र प्रमुखहरुलाई संस्थाको निति नियम तथा प्रमुखको काम, कर्तब्य र जिम्मेवारी बिषयमा मुख्य रुपमा जानकारी गराउनकालागि बौद्ध सहकारी सुर्खेतले दैलेखको नारायण नपा १ मा गोष्ठी सम्पन्न गरेको संस्थाका वरिष्ठ प्रबन्धक विशाल के.सीले बताउनु भयो ।

बेलपाटा शाखाका १४८ वटा केन्द्रका प्रमुखहरु सहभागीता रहेकोमा कार्यक्रमको सहजीकरण बेलपाटा उप शाखाका कार्यालय प्रमुख पदम चौधरीले गर्नुभएको थियो ।