विद्यालय हराभरा बनाउने अभियानमा “किरण”


२९ साउन, सुर्खेत । कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा एक यूवा हुनुहुन्छ जो दिनरात सफाईयुक्त हरियाली विद्यालय बनाउन तल्लिन हुनुहुन्छ । वहाँ हुनुहुन्छ किरणकिशोर सापकोटा ।

किरणले आज फेरी वीरेन्द्रनगरको गढीमा रहेको श्री भैरव आधारभूत विद्यालयमा आज सानो बगैचा बनाएर त्यस्मा धुपी, रुद्राक्ष, तेजपात, कपूर, स्वामी, प्लाष्टिक प्लान्ट लगाएत विरुवा लगाउनुभएको छ । किरणले आफ्नो यो अभियानमा जोडिएका विद्यालय परिवारलाई आभार प्रकट गर्नुभएको छ ।

शारिरिकरुपले केही अशक्त भएपनि किरण विगत केही बर्षदेखि सरकारी विद्यालयहरुमा कतै गाईबस्तु चराउने त कतै दुर्व्यसनीहरू जमघट हुने थलो बनेको देखेपछि बिरुवा रोप्न र बगैँचा बनाउन थालेको बताउनुहुन्छ ।” उहाँ भन्नुहुन्छ “यसरी विद्यालय बनाउन लाग्ने खर्च म आफै जोहो गर्ने गरेको छु ।”

किरण विरुवा लगाएर त्यतिकै छोड्नुहुन्न विरुवा लगाइ सकेपछि गर्नुपर्ने गोडमेल पनि उहाँ आफै गर्नुहुन्छ । सबैभन्दा समस्या भनेको लगाइएका विरुवाहरुलाई संरक्षण गर्न रहेपनि विद्यालय परिवारले यस्मा आफूलाई साथ दिइरहेको किरण बतानुहुन्छ ।

किरण मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा स्नातकोत्तर तहमा अध्ययनरत हुनुहुन्छ उहाँले अपाङ्गता छात्रवृत्तिबाट प्रत्येक वर्ष करिब ३०,००० रुपैयाँ पाउनुहुन्छ जुन खर्च उहाँले यसैमा लगाइरहनुभएको छ ।