पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो


३ चैत, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य आज फेरी बृद्धि भएको छ ।

नेपाल आयल निगमले पेट्रोल तथा डिजेल/मट्टितेलको हाल रहेको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ११८ र डिजेलको १०१ रुपैयाँ पुगेको छ ।

त्यस्तै निगमले हवाई ईन्धन (आन्तरिक उडानतर्फ) खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेर ७४ रुपैयाँ कायम गरेको छ । भने एलपी ग्यास तथा हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान तर्फ)को खुद्रा बिक्री मूल्य यथावत नै कायम राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो ।

प्रवक्ता उपाध्यायका अनुसार मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर ९ रुपैया ३५ पैसा डिजेलमा प्रति लिटर ५ रुपैया ८० पैट्ठा र एलपी ग्यासमा प्रति सिलिण्डर ३ सय ९२ रुपैया ८२ पैसा अझै घाटा रहने छ । अर्धमासिक रूपमा  निगमलाई करिब १ अर्व २७ करोड ७० लाख घाटा रहिरहने उपाध्यायले जानकारी दिए ।