मुख्यमन्त्री शाहीद्वारा कर्णाली करिडोरको अनुगमन


२६ भाद्र, कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कालिकोट स्थित कर्णाली करिडोरको अनुगमन गर्नु भएको छ ।

कर्णाली राजमार्ग देखि कर्णाली करिडोर जोडिने कर्णाली नदिमा पहिले देखिनै पुल निर्माणका लागि ठेक्का मात्र परेको तर काम नगरेकाले पुल नबन्दा यात्रीहरुले सास्ती खेप्नु परेको स्थानीयको भनाई रहेको छ । यस्तो महामारीको जोखिम अवस्थामा पनि बाढी पीडितसंग मूख्यमन्त्रीले साक्षात्कार गरेपछि स्थानीयले सुखद् अनुभव गरेको बताएका छन् ।

बिगत लामो समयदेखि अस्तव्यस्त रहेको पुलको संरचनामा मूख्यमन्त्रीले प्रत्यक्षावलोकन गरेपछि अब चाँडै संरचनाले पूर्णता पाउनेमा स्थानीय वासिन्दा आश्वस्त भएका छन् । मुख्यमन्त्री शाहीले पुल निर्माणको जिम्मा पाएको कन्काई विल्डर्स कम्पनिलाई छिटो निर्माण गरी सक्न निर्देशन दिनुभएको छ । उक्त कम्पनिका प्रतिनिधि दिपक मैनालीले असार मसान्तसम्म निमाार्ण कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

कोराना महामारी संगसंगै देशका विभिन्न भूभागमा वाढी पहिरोले जनधनको क्षति गरेसंगै कालिकोट पनि यो पीडा र नैराश्यताबाट अछुत छैन