
२७ भदौ सुर्खेत । सुर्खेत जिल्ला स्थीत सम्पुर्ण लायन्स क्लबहरुको संयुक्त आयोजनामा शनिवार(आज) वीरेन्द्रनगरमा रक्तदान कार्यक्रम गरेको छ ।
कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लगाएको लकडाउन यता सुर्खेतमा रगतको खपत धेरैले बढेको छ । उपचारका लागि लकडाउनका कारण बाहिर जान नपाएको र अस्पतालहरुमा शल्यक्रियाको दरमा बृद्धि भएपछि रगतको खपतमा पनि बृद्धि भएको हो ।
यसै शिलशिलामा रगतको खपत बढाउनका लागी जिल्ला स्थित सम्पुर्ण लायन्स क्लबहरुको आयोजनामा शनिवार(आज) रक्तदान कार्यक्रम गरिएको सुर्खेत जिल्ला अफिसर लायन्स मिलन श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार लायन्स क्लब अफ वीरेन्द्रनगरका अध्यक्ष लक्ष्मी शाहिको सभापतित्व सम्पन्न कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रीक को अडिनेटर फर टियु लायन्स ब्लड टान्सफुसन एण्ड रिसर्च सेन्टरका एमजेएफ लायन्स टिकाराम चपाई, अतिथीहरु एमजेएफ लायन्स बिजय पराजुली, जिल्ला डिपार्मेन्ट चिफ बिन्दु नेपाल, एरिया चिफ हरिहरु बस्नेत, एरिया को चिफ पुर्ण नेपाली,जिल्ला डिपार्मेन्ट चियर पर्सन लायन्स खगिसरा शाही, डिस्ट्रीक डिपार्मेन्ट सदस्यहरु ला.बसन्त कुमार रेग्मी, एमजेएफ ला.दलबहादुर गुरुङ्ग, डिस्ट्रीकअफिसरहरु ला.बालकृष्ण श्रेष्ठ, प्रवेशमान मानन्धर, लायन्स क्लब अफ सुर्खेत शिबबिहारका अध्यक्ष ला. गोरख रावत, लायन्स रेखा कोइराला लगायत उपस्थित रहेको थियो ।
लायन्स क्लबहरुले संयुक्त रुपमा संचालन गरिएको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन गरिएको थियो ।



Milan Shrestha । २७ भाद्र २०७७, शनिबार २१:१८ बजे