दौडिन्छे कर्णाली सम्पन्न (भिडियोसहित)


१ असार, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका सुर्खेतका नगरप्रमुख मोहनमाया ढकालले समय परिवर्तन सँगसँगै महिलाहरुपनि विभिन्न क्षेत्रमा अग्रसर भएको देख्दा खुशी लागेको बताउनुभएको छ ।

आज वीरेन्द्रनगरको पिपल चौतारीमा सम्पन्न दौडिन्छे कर्णाली कार्यक्रमको शुभारम्भ गर्दै नगरप्रमुख ढकालले यस्तो बताउनुभएको हो । उहाँले अब कर्णालीका महिलाहरु चुलाचौकाबाट बाहिर निस्केर विभिन्न काममा सरिक भएकोले खुशी लागेको छ । स्वास्थ्यकालागि खेलकूद भएकोले खेलकूदमा पनि महिला सहभागिता बढेको छ ।

कार्यक्रमका आयोजक आइरिस डान्स स्टूडियोका केशब थापाले यो कार्यक्रम मिनि म्याराथन भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले विशेषत कर्णालीका महिलाहरुको गर्भवती अवस्था र महिनावारीका स्वास्थ अवस्थाको बारेमा जागरुकता देखाउनकालागि यो कार्यक्रम गरेका हौ । आजको यो कार्यक्रममा साच्चिकै कर्णाली दौडिएको छ ।’