प्रवाशकुमार शाक्य
१२ माघ, सुर्खेत
सुर्खेतमा पनि पहिलो पटक हिराको गरगहनाको शो रुम संचालनमा आएको छ । वीरेन्द्रनगर स्थित पोखरा आभुषण कला केन्द्रले तिशा ब्राण्डको हीराको शो रुमको संचालनमा ल्याएको हो ।सुर्खेत उद्धोग बाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले एक समारोहका वीच आज उक्त शो रुमको उद्घाटन गर्नुभएको हो । शो रुम उद्घाटन गर्दै अधिकारीले सुर्खेतमा पनि विभिन्न किसिमका व्यावसाय हरु फस्टाउदै गएको र यस्को सुरक्षामा पनि चुनौतीहरु रहेकाले संघले बजारमा सोलार बत्ती जडान गर्न नगरपालिका संग सहकार्य गरिरहेको बताउनु भयो ।
कार्यक्रममा सुर्खेत सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष रिमलाल विश्वकर्मा र तिशा ब्राण्डका विजनेश डेभलपमेण्ट म्यानेजर लवराज रिमालले सुर्खेतमा पनि हिराको गहनाको व्यवसाय शुरु भएको खुशी ब्यक्त गर्नुभयो
कार्यक्रममा पोखरा आभुषण कला केन्द्र १२औं बर्ष प्रवेशको उपलक्ष्यमा केन्द्रका प्रोप्राईटर दिनेश विश्वकर्माले समय साक्षेप ग्राहकका चाहना बमोजिम सर्वसुलभ मुल्यमा हिराको गहनाको शो रुम संचालनमा ल्याएको बताउनु भयो ।



Milan Shrestha । १२ माघ २०७२, मंगलवार ०९:१६ बजे