कर्णाली प्रदेश सरकारद्वारा आर्थिक बर्ष २०७७/०७८ को बजेट प्रस्तुत


१ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले आज आर्थिक बर्ष २०७७/०७८ कालागि बजेट सार्वजनिक गरेको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेश सभामा आर्थिक वर्ष २०७७/०७८ को ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो  ।
मन्त्री ज्वालाले पूँजीगत खर्च तर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार र चालु खर्च तर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार रुपैया तथा वित्तीय व्यवस्थातर्फ २ अर्ब ९९ करोड ६५ लाख रुपैयाँ छुट्याइएको बताउनुभयो ।