
२७ माघ, सुर्खेत । तामाङ्ग समुदायको सांस्कृतिक पर्व सोनामल्होसारको अवसरमा कर्णाली प्रदेश प्रमुख तिलक परियारले एक विज्ञप्ती जारी गर्दै शुभकामना सन्देश दिनुभएको छ ।
सन्देशमा प्रदेश प्रमुख परियारले “तामाङ्ग समुदायको सांस्कृतिक पर्व सोनामल्होसार नयाँ वर्ष २८६० शुरु भएको दिनको अवसरमा कर्णालीबासी लगायत स्वदेश तथा विदेशमा रहनु भएका तामाङ दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति,समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
हरेक बर्ष सोनामल्होसार मन्जुश्री पात्रो अनुसार माघ शुक्लप्रतिपदा देखी पुर्णिमा सम्म तामाङ समुदायले पारिवारिक भेटघाट र सांस्कृतिक कार्यक्रम सहित धुमधामसङ्ग मनाउने प्रचलन छ । हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक,बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधता बीचको एकता,सामाजिक,सांस्कृतिक ऐक्यवद्धता सहिष्णुता र सदभावलाई संरक्षण एवं प्रवर्धन गर्दै वर्गिय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता समृद्धि र सामाजिक सुनिश्चित गर्न समानुपाकि समावेशी र सहभागीतामुलक सिद्धान्तका आधारमा समतामुलक समाजको निर्माण गर्न सोनामल्होसार पर्व नयाँ वर्ष २८६० ले प्रेरणा प्रदान गरोस भन्ने हार्दिक शुभकामना छ । उल्लेख गर्नुभएको छ ।
Prawash Kumar Shakya । २७ माघ २०८०, शनिबार ०९:२६ बजे