नेकपा प्रदेश दलको सचेतकमा शाही नियुक्त


२७ असोज, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको सचेतकमा प्रदेश सभा साँसद कुर्मराज शाहीलाई चयन गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभा दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभाको सचेतकमा शाहीले आज चयन गर्नुभएको हो । हिजो सीता नेपाली प्रमुख सचेतकमा नियुक्त गरिएपछि खाली रहेको सचेतकमा शाहीलाई नियुक्त गरिएको हो ।

नेकपा प्रदेश दलका नेता एवं मुख्यमन्त्री शाहीले आफू विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएपछि गुलावजङ्ग शाहलाई सचेतकबाट बर्खास्त गर्नुभएको थियो ।