प्रदेश अस्पताललाई पिपिई सेट हस्तान्तरण


१० मंसीर, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट सञ्चालित सामाजिक सञ्जाल फेसबुकको समूह मोटे ग्याङ्ग नेपालले आज कर्णाली प्रदेश अस्पताललाई पिपिई सेट हस्तान्तरण गरेको छ ।

मोटे ग्याङ्ग नेपालका एडमिन कुमार सम्सेर थापाका अनुसार समूहलाई विभिन्न माध्यमबाट प्राप्त पिपिई सेट प्रदेश अस्पतालकाका मेसु डाक्टर डम्बर खड्का र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्याम कँडेललाई हस्तान्तरण गरिएको हो ।

समूहलाई पिपिई सेट सहयोग गरिदिने मिस नेपाल श्रृंखला खतिवडा र हाम्रो सानो प्रयासलाई मोटे ग्याङ्ग नेपालले धन्यवाद ज्ञापन गरेको छ ।