आईतबार देखि नै सबै व्यवस्था मिलाउछौंः मालपोत कार्यालय प्रमुख खत्री(भिडियो सहित)


मिलन श्रेष्ठ
१९,मंसिर सुर्खेत । मालपोत कार्यालय सुर्खेतका कार्यालय प्रमुख लक्ष्मी खत्रीले आईतबार देखि कार्यालयमा भिडभाड कम हुने गरि व्यवस्था मिलाउने बताउनु भएको छ ।

पुरानै भौतिक संरचना र पर्याप्त उपकरणहरुको अभावका कारण आफुले सोचे बमोजिम सेवा दिन नसकेको स्वीकार गर्दे यहि मंसिर २१ गते आईतबार देखि आफ्नो कार्यालय अन्तर्गतका सेवा सुविधाहरु झंझत रहित तरिकाले व्यवस्थापन गर्ने बताउनु ।