सुर्खेत महिला जेसिजद्वारा आत्मा सुरक्षा तालिम



मिलन श्रेष्ठ
२१ मंसिर, सुर्खेत । सुर्खेत महिला जेेेेसीजले आत्मसुरक्षा तालिम सम्पन्न  गरेको छ ।
सन् २०२० को बार्षिक कार्यक्रम अनुसार उक्त तालिमको आयोजना गरिएको महिला जेसीज वर्ष २०२०का अध्यक्ष प्रमि शाक्यले जानकारी दिनु भयो ।

पछिल्लो समय महिलाहरु प्रति हुने गरेको विभिन्न घरेलु हिंसा होस या कहि कतै हिडडुल गर्दा होस्, पुरुषहरुबाट महिलाहरु धेरै नै असुरक्षित हुने भएको हुदा, उक्त घटनालाई पुर्ण रुपमा रोक्नु भन्दा पनि महिलहरु एक्लै भएको अवस्थामा त्यस्तो खालको घटना भई हाले आफुलाई आत्म रक्षा गर्दे आफुलाई सुरक्षा राक्न सक्नुन साथै उनीहरु त्यहांबाट उम्किएर सुरक्षित स्थानमा सहजै पुग्न सकुन भन्ने उद्धेश्यका साथ तालिमको आयोजना गरिएको अध्यक्ष शाक्यले जानकारी दिनु भयो ।

जेसिजले विभिन्न सामाजिक कार्य सहित महिलाहरुको क्षमता अभिबृद्धिका लागि विभिन्न कार्यक्रमहरु गर्दे आईरहेता पनि पछिल्लो समय कोभिड–१९को प्रभावका कारण धेरै क्रियाकलापहरु हुन नसकि रहेको अवस्थामा आईतबार (आज) देखि नेराप्रवि घ्रुसादेखि तालिमको शुभारम्भ गरेको र विभिन्न बिद्यालयहरुमा तालिम गरिने आयोजकले जानकारी दियो ।
महिला आत्मा सुरक्षाको तालिमको मुख्य प्रशिक्षकको रुपमा करांते प्रशिक्षक सोना थापा रहनु भएको छ ।