जहाज दुर्घटनामा चालक सकुशल


सुर्खेत, २० साउन ।
हुम्लाको सिमीकोटबाट सुर्खेत फर्कने क्रममा मकालु एयरMakalu-Air-Crashको सिंगल ईन्जिनको जहाज दुर्घटनामा परेको छ । बिहीबार दिउँसो ३ः५५ मा हुम्ला सिमीकोट विमानस्थलबाट सुर्खेत एयरर्पोट आउने क्रममा ४ः०५ मा हुम्लाको खार्पुनाथ–३ खुरेलीको हेलम्बु खोलामा फोर्स ल्याण्डिङ गर्दा दुर्घटनामा परेको हो ।

खोलामा खसेको जहाज बगाएको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका डिएसपी दिवाकर सिंहले जानकारी दिए । उनले उडिरहेको जहाजको इन्जिनमा अचानक खराबीमा आएपछि आकस्मिक अवतरण गर्ने क्रममा जहाज दुर्घटना भएको हो बताए ।

विमानमा पाइलट सांगे लामा र को–पाइलट प्रशान्त शाह रहेका थिए । खोलामा जहाज खसेकोले उनीहरुको उद्दार गरिएको र सकुशल रहेको सिंहले बताए । मकालु एयरको किलो चार्ली कलसाइनको सिंगल ईन्जिन जहाज खसेको हो । जहाजमा दुई पाइलटबाहेक अन्य यात्रु नरहेको डिएसपी सिंहको भनाई छ ।

जहाज खाली रहेकोले जहाज खोलामा डुब्न पाएको छैन । दिउँसो सुर्खेतबाट कार्गो सामान लिएर हुम्ला पुगेको उक्त जहाज खाली फर्कने क्रममा ईन्जिनमा समस्या आएको थियो । जहाजलाई आकस्मिक अवतरण गराउने क्रममा हुम्लाको हेलम्बु खोलामा खसेको थियो । पाईलटको उद्दार गर्न सिम्रिक एयरको हेलिकप्टर लगत्तै पुगेकोले मानवीय क्षती नभएको क्षेत्रीय प्रहरी कार्यालयले बतायो ।
साभारःसुर्खैत अनलाईन ।