
१७ पौष, सुर्खेत । बौद्ध ग्रामिण बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा सिंहबहादुर गुरुङ्ग चयन हुनुभएको छ ।
संस्थाको २०औं बार्षिक साधारण सभाबाट कार्यवहाक अध्यक्ष सिंह सर्वसम्मत अध्यक्षमा चयनहुनुभएको हो । संस्थाका अध्यक्ष पञ्चसिंह रोकायको मृत्यु पछि सिंहले कार्यवहाक अध्यक्ष भइ संस्था संचालन गर्दै आउनुभएको थियो ।
त्यस्तै सभाले उपाध्यक्षमा पार्वती गुरुङ, कोषाध्यक्षमा पदमा महतरा र सदस्यहरुमा कमल बुढा र लक्ष्मण रोकायालाई चयन गरेको छ ।
“थोरै भएपनि बचत गरौ” भन्ने उद्देश्यले सुर्खेत जिल्लाको तत्कालिन लाटिकोईली गा.वि.स.मा २०५६ मंसिर ४ स्थापना भएको बौद्ध ग्रामिण २०५७ जेठ १२ मा सहकारी ऐन २०४८ अनुसार दर्ता भएको हो । हाल कर्णाली प्रदेशको ४ जिल्ला सुर्खेत,दैलेख,जाजरकोट र जुम्लामा संस्थाको शाखा रहेको छ ।
बौद्ध ग्रामिणले हाल प्रदेश राजधानी वीरेन्द्रनगरमा २०७२ मंसिर १५ डेरी उद्योग संचालन गरिरहेको छ । त्यस्तै यही बर्षबाट वीरेन्द्रनगर ९ तिलपुरमा १० विगाह जग्गामा विजी एग्रीकल्चर एण्ड रिसर्च सेन्टर स्थापना गरि आधुनिक कृषि कार्यक्रमपनि संचालन गर्दै आएको संंस्थाका प्रमुख कार्यका्री अधिकृत विशाल केसीले बताउनुभयो । उहाँले भन्नुभयो “छिट्टै नै पानी उद्योग पनि संचालन गर्न लागेका छौं हाम्रो तयारी करिब अन्तिम चरममा पुगेको छ ।

Prawash Kumar Shakya । १७ पुष २०७७, शुक्रबार ०९:४१ बजे