
२५ पौष, सुर्खेत । हिजो २४ गते सुर्खेतको छिन्चु बजारमा टिप्परको ठक्करबाट ज्यान गुमाउनुभएका ताराकुमारी आलेका आफन्तले उचित क्षतिपूर्तीको माग राख्दै वीरेन्द्रनगरको मंगलगढी चोकमा आन्दोलन गरेका छन् ।
पिडितहरुले आफुहरुलाई कुनै जानकारी नै नदिइ मृतकको शब उठाएपछि आन्दोलन गरेको बताएकाछन् । आन्दोलनमा प्रहरी ज्यादति भएको भन्दै पिडितहरुले प्रहरी प्रशासन मुर्दावाद भन्दै नारा लगाएका थिए । आन्दोलनकारीले अवरुद्ध गरेको मंगलगढी चोकको बाटो सुचारु गर्ने क्रममा झपड पनि भएको छ । आन्दोलनकारीले प्रहरीलाई ढुङ्गा प्रहार गरेका थिए भने प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो
शुक्रवार वीरेन्द्रनगरबाट नेपालगञ्ज जाँदै गरेको मोटरसाईकलाई सोही दिशातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिप्परले भे ७ प ५२०६ नम्बरको मोटरलाइकललाई छिन्चु बजारको पेट्रोल पम्प अगाडी ठक्कर ठक्कर दिँदा ताराकुमारीको मृत्यु भएको थियो ।
दुर्घटनाबाट मोटरसाईकल चालक शुभकालिका गाउँपालिका कालिकोटका चालक २६ वर्षीय दुर्गा शाही घाइते हुनुभएको थियो ।



Prawash Kumar Shakya । २५ पुष २०७७, शनिबार १२:१४ बजे