सरोबर निर्माणका लागि १ लाख, ६४ हजार बढि रकम सहयोग प्राप्त



बैसाख १६, सुर्खेत । बुद्ध जयन्ति समारोहको दोश्रो दिन बुद्ध सरोवर निर्माणको लागि दान सहयोग प्राप्त हुने क्रमले निरन्तरता पाएको छ ।

सरोबर निर्माणका लागि दोश्रो दिन १ लाख, ६४ हजार, ७ सय, १० रुपैयाँ सहयोग प्राप्त भएको बुद्ध सरोवर व्यबस्थापन समिति समितिले जानकारी दिएको छ ।

नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद सुर्खेतबाट २५ हजार, आफ्ना बुवा आमाको समृतिमा कूलबहादुर ठाडामगर बाट २५ हजार १ सय, बुवा आमाको स्मृतिमा मोहनबहादुर थापाबाट ५५ हजार, ५ सय ५५, बुवा आमाको स्मृतिमा डलबहादुर बंशिमगरबाट ५१ हजार, नेपाल अहिंसावादी धर्म विश्व धर्मचक्र संघका गुरू प्रेम दोर्जे लामाबाट ५ हजार, ५ सय ५५ र नेपाल महिला मगर संघ ४ नं वडा समितिबाट २ हजार, ५ सय सहयोग रकम प्राप्त भएको जनाइएको छ ।

यो पनि पढ्नुस

बुद्धको प्रतिमा रुखमा बाँधेर राख्नु ठूलो भूल -बौद्धगुरु प्रेम दोर्जे (भिडियो सहित)