फागुुन २ गते सरकारको असंवैधानिक कदम विरूद्ध विरोध प्रदर्शन हुने


२९ माघ, सुर्खेत । कर्णाली प्रदेश भित्र पत्रकारिता क्षेत्र संग सम्बन्धित पेशागत संघसंगठनहरुले संयूक्तरुपमा यही फागुन २ गते विरोध प्रदर्शन गर्ने भएकाछन् ।

वर्तमान सरकारले पौष ५ गते गरेको प्रतिनिधी सभा विघटन असंवैधानिक कदमका विरुद्ध विभिन्न पत्रकारिता पेशा संग आवद्ध संघसंगठनहरुले विरोध प्रदर्शन गर्न लागेको हो ।

आज बसेको संयूक्त बैठकले फागुन २ गते स्थानिय मंगलगडी चोकबाट र्याली सहित मौन रुपमा सांकेतिक विरोध प्रदर्शन गर्ने र र्याली वीरेन्द्रनगरले बजार परिक्रम गरि पिपलचौतारीमा पुगेर सभामा परिणत हुने प्रेस संगठन कर्णालीका ईन्चार्ज ध्रुवविक्रम बुढाथोकीले जानकारी दिनुभयो ।

सरकारको असंवैधानिक कदम तथा प्रेस स्वतन्त्रताका लागि संयुक्त मोर्चा बनाएर अघि बढ्ने ईन्चार्ज बुढाथोकिको भनाई छ । र्यालीमा सहभागी सबैले कालो मास्क र कालो पट्टी बाधेर सरकार बिरुद्ध सांकेतिक विरोध प्रदर्शन गर्ने बताइएको । विरोध र्यालीमा नेपाल प्रेस युनियन, प्रेस संगठन, क्रन्तीकारी पत्रकार महासंघ, प्रगतिशिल पत्रकार महासंघ, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ लगायत सातवटा संघसंगठनको सहभागीता रहने भएको छ ।

वर्तमान सरकार प्रेस तथा अभिव्यक्ती स्वतन्त्रताको रक्षा गर्न नसकेको भन्दै त्यसको विरुद्धमा सडकमा आउनु परेको संघसंगठनहरुले जनाएका छन।