सन्तोषीको फिल्ममा सलमान पक्का


Salman1-558x330निर्देशक राजकुमार सन्तोषीको फिल्ममा सलमान खानले अभिनय गर्ने पक्का भएको छ । लामो समयदेखि सलमानले राजकुमारको फिल्ममा अभिनय गर्ने समाचार आएको थियो । तर, सुटिङ भने सुरु भएको थिएन । अब भने उनीहरूको फिल्म सुरु हुने भएको छ । सलमानले पहिला राजकुमारको ‘अन्दाज अपना–अपना’मा अभिनय गरेका थिए । त्यसैगरी उनले ‘अजब प्रेमकी गजब कहानी’मा पनि छोटो भूमिका निर्वाह गरेका थिए । स्क्रिप्ट लेखनकार्य सकिएको सो फिल्मको नाम भने राखिएको छैन । सलमान र उनका भिनाजु अतुल अग्निहोत्री मिलेर निर्माण गर्न लागेको फिल्म कस्तो कथामा बनाइँदै छ, त्यो पनि गोप्य नै राखिएको छ ।

साभारः नयाँ पत्रिका अनलाइन