
फर्कन त फर्किए तर के गर्नु ? निर्माता– निर्देशकले नै पत्याइदिएनन् । पत्याउनु पनि कसरी ? माग हुँदा हिँडेका उनी फर्कंदा उनको ठाउँमा बजारमा अर्कैको हालिमुहाली चलिसकेको जो थियो !
कसैले वास्ता नगरेपछि उनी आफैं फिल्म बनाउनतिर लागे । यस बीचमा उनले ‘जय परशुराम’ पनि खेलेका थिए तर त्यो फिल्म कतिखेर रिलिज भयो अनि हलबाट उत्रियो, दर्शकले पत्तै पाएनन् ।
शिवरात्रिमा फिल्म ‘साङ्लो’ रिलिज गर्ने मुडमा रहेका विराज अहिले काममा खटिएका छन् । यसबाट उनले दर्शकलाई आफू फर्किएको सन्देश दिने हुन् या करिअरसँगै पैसो डुबाउने हुन्, यसै भन्न सकिने अवस्था छैन है !
हामी त चाहन्छौँ, उनको डुबिरहेको करियर ‘साङ्लो’ले मज्जाले कसिदियोस् र बचाओस् डुब्नबाट !
नागरिक शुक्रवारबाट



Milan Shrestha । २६ आश्विन २०७६, आईतवार १२:२० बजे