राजेश हमालको यात्राः फिल्म, महोत्सव र म्यूजिक भिडियो


नेपाली चलचित्रका चर्चित नायक राजेश हमालको यात्रा अहिले चलचित्रमा भन्दा महोत्सव र म्यूजिक भिडियोमा देखिएको छ । चलचित्र ‘बागमती’को असफलतापछि चर्को आलोचना पनि भोगेका हमाल नयाँ चलचित्र ‘शकुन्तला’मार्फत दर्शकमाँझ आउँदैछन् ।

हमाल अहिले महोत्सवमा व्यस्त छन् । महोत्सवबाट राम्रै रकम आउने भएकाले पनि हमाल यतातर्फ आकषिर्त भएको लामै समय भैसकेको छ । हुनत, गायक-गायिकादेखि नायक-नायिका आम्दानीको राम्रो श्रोतको रुपमा महोत्सवलाई लिने गर्छन् ।
राजेश हमाल म्यूजिक भिडियो, लोक गीतको भिडियोमा पनि अभिनय गर्न पछि पर्दैनन् । उनले लोकगीत, आधुनिक गीतका भिडियोमा पनि काम गरेका छन् ।
उनै हमालले शिव वीकको निर्देशनमा बनेको एक गीतको भिडियोमा काम गरेका छन् । स्मृती शाही र अमित रसाइलीको आवाजमा समावेश ‘मेरो मुटुमा तिमी छौ’ बोलो गीतमा हमालले कुुसुम केसीसँगै रोमान्स गरेका छन् । शिवसँग हमालले तेश्रो पटक काम गरेका हुन् । पोखरामा यो भिडियोको छायांकन गरिएको छ ।
देशका चर्चित कलाकारहरु राम्रै रकम आएर पनि म्यूजिक भिडियो, लोकदोहोरीका भिडियोमा देखिन मान्दैनन् । स्टारडम जताततै देखाउँदा कमजोर बन्छ भन्ने उनीहरुको वुझाई छ । तर, देशकै चर्चित नायक हमाल भने लोकगीत, आधुनिक गीतका भिडियोदेखि देशभर आयोजना महोत्सवमा कुँदिरहेका छन् ।

साभारः अनलाइन खबर