
२ चैत्र, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ९ नं. वडा कार्यालय सुर्खेतले आज वडाका फुटवल खेलाडीहरुलाई सम्मान गरेको छ ।
गत फागुन २६ गते वीरेन्द्रनगरमा सम्पन्न प्रथम मेयर कप फुटवल खेलमा प्रथम स्थान हासिल गर्न सफल ९ नं. वडाका खेलाडीहरुलाई नगद रकम र जर्सी सहित सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा भ्याली मेरिडियन स्कूलका अध्यक्ष पदमबहादुर खड्काले जुत्ता, स्थानीय यूवा दिपक ढकालले मोजा, स्थानीय समाजसेवी विद्याभुषण मानन्धर, रमेश तुलाधर, प्रवेशमान मानन्धर, लवमान श्रेष्ठ, महेन्द्रराज गिरी र बालकृष्ण श्रेष्ठले जनही ५ हजारका दरले त्यस्तै रेशम रेग्मीले रु १ हजार तथा वडा कार्यालयबाट रु १८ हजार प्रदान गरिएको थियो ।
९ नं. वडा अध्यक्ष सुरेश मानन्धरको सभापतित्व तथा स्थानीय समाजसेवी डम्मर विक्रम जिसीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा भुषण मानन्धर, विद्याभुषण मानन्धर, ध्रुव श्रेष्ठ, भुषण मानन्धर खेलकूदका रामबहादुर वली, नेपाली काँग्रेसका नारायण कोइरालाले आआफ्नो मन्तब्य राख्नुभएको थियो ।
स्मरण रहोस फाइनल खेलमा ९ नं. वडा ले ४ नम्बर वडालाइ २- १ गोल अन्तरले पाखा लगाउदै उपाधि हात पारेको थियो । जित संगै वडाले ३३ हजार ३ सय ३३ रुपैया पुरस्कार स्वरुप प्राप्त गरेको थियो ।
Prawash Kumar Shakya । २ चैत्र २०७७, सोमबार १४:४० बजे