
१४ कार्तिक, सुर्खेत । यतिवेला देश चुनावी माहोलले तातेको छ । जताततै जहाँतही चिया चौतारी चुनावकै कुरा छ । कस्ले बाजी मार्ला यसपटक चुनावमा । यता यूवापुस्ता भने सामाजिक सञ्जालभरी नो नट अगेन भन्दै अभियान चलाइरहेका छन् । नो नट अगेन भन्दै गर्दा यूवापुस्तामा अर्को खड्के कुरा भनेको त्यस्को विकल्प के भन्ने रहेको पाइएको छ ।
यसैवीच इतिहास रच्ने तयारीका साथ नेपाल काँग्रेसबाट सुर्खेत प्रदेश सभाका २ क मा कालीप्रसाद शाक्यको उम्मेद्वारी रहेको छ । शाक्यका प्रतिद्वन्दीका रुपमा नेकपा एमालेका यामलाल कँडेल रहनुभएको छ । करिब ३० बर्ष अगाडी वीरेन्द्रनगरको नगरप्रमुख पदकालागि शाक्य र कँडेल आमनेसामने भएको अवस्था थियो जस्मा बाजी कँडेलले मार्नुभएको थियो । १ सय ४९ मतको अन्तरले एमालेका यामलाल कँडेलसँग पराजित हुनुभएका शाक्यको यतिवेला प्रदेश सभामा बाजी मार्ने दौडमा लाग्नुभएको छ ।
अहिलेको चुनावमा नेपाल काँग्रेसबाट प्रदेश सभामा कालीप्रसाद शाक्य नयाँ अनुहार हुनहुन्छ भने एमालेका कँडेलले २०७४ मा पनि प्रदेश सभा सदस्यमा विजयी भै सक्नुभएको हो । २०७४ मा कँडेल मुख्यमन्त्री बन्ने सम्भावना भएपनि एमाले र माओवादीको भागवण्डा अनुसार कँडेल मुख्यमन्त्री बन्नबाट पछी पर्नुभएको थियो । राजनिति बृतमा कँडेलले कर्णालीको मुख्यमन्त्री बन्ने सबै कसरत निर्थक सावित भएको चर्चा छ । यसैदौरानमा कर्णालीबाट नै एकजुट भएका एमाले र माओवादी फूटको संघारमा पुगेको वेला अदालतको निर्णयले त्यसलाई सहज बनाइदियो ।
काँग्रेसबाट नयाँअनुहारका रुपमा प्रस्तुत हुनुभएका शाक्य त्यागी र सालिन नेताका रुपमा चिनिनुहुन्छ । शाक्यले सुर्खेतको सुकुम्वासी समस्या समाधान आयोग अध्यक्ष भइ काम गरिसक्नुभएको छ । शाक्य यतिवेला इतिहास रच्नकालागि आफ्नो चुनावी प्रचारप्रसार अभियानमा होमिनुभएको छ । राजनीतिक आन्दोलन र पार्टी राजनीतिमा आफ्नो बेग्लै पहिचान बनाए पनि जनप्रतिनिधिको रुपमा हालसम्म परीक्षण नभएका सुर्खेतका थोरै नेतामा उहाँको नाम पनि आउने गर्दछ ।
अब त्यो ३० बर्ष अगाडीको इतिहास के हुन्छ भन्ने आङ्कलन यतिवेला सुर्खेतमा चर्चाको विषय बनेको छ ।



Prawash Kumar Shakya । १५ कार्तिक २०७९, मंगलवार ११:४० बजे