न्याय माग्दै स्वास्थ्यकर्मी प्रशासनमा


२४ बैशाख, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका सुर्खेतले आफूहरुलाई हाजिर नगराएको भन्दै स्वास्थ्यकर्मीहरुले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा न्याय पाउँ भनि निवेदन पेश गरेकाछन् ।

स्वास्थ्य मन्त्रालयले २०७७ चैत्र २६ गतेको मन्त्री स्तरको निर्णयनुसार २०७७ चैत्र ३१ को सचिवस्तरको निर्णयनुसार रमाना लिएका स्वास्थ्यका कर्मचारीहरुलाई वीरेन्द्रनगर नगरपालिकाले हाजिर नगराएको भन्दै प्रशासनमा निवेदन दिएका हुन् ।

निवेदनमा नगरपालिकाले २०७८ बैशाख १३ गते स्वास्थ्य मन्त्रालयलाई पत्र लेखि हाजिरी गराउन नसक्ने उल्लेख सूचना पार्टी मार्फत बोधार्थ जानकारी दिइएको उल्लेख गरिएको छ ।

कोरोना भाइरस कोभिड १९को कारण स्वास्थ्य मन्त्रालयले कुनैपनि स्वास्थ्यका कमर्चारी लामो विदामा नदिन विदामा बसेका कर्मचारीहरुलाई समेत फिर्ता वोलाउन तथा नपुग कर्मचारी भएर करारमा लिन परामर्श भैरहेको वेला आफूहरुलाई नगरपालिकाले हाजिरी नगराएर अन्यायमा पारेको निवेदनमा उल्लेख छ ।