
३ जेठ, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को दोश्रोचरणको महामारी तिब्रगतिमा बढे संगै अक्सिजनको अभाव भएपछि गठन भएको सुर्खेती कोभिड १९ सेल्प हेल्प समूहले आज ४१ जना विद्यार्थीहरुलाई खाना खुवाएको छ ।
समूहले फोटो पत्रकार भास्कर बस्नेतले व्यवस्थापन गरि काठमाण्डौं देखि जुम्ला र डोल्पा जाने ४१ जना विद्यार्थीहरुलाई खाना पानी र फ्रुटीको खुवाएको हो । समूहका सदस्य धर्मराज आचार्यले भन्नुभयो “फोटो पत्रकार भास्करले हाम्रो फेसबुक च्याटमा आग्रह गरे अनुसार विजय पराजुली ज्योती बैंक सुर्खेतका प्रवन्धक जीवन जोशी र घनश्याम पुरीको सहयोगमा खाना खुवाएको हौं । महामारीको यो समयमा सहयोगीमनदाताहरु प्रति हामी नमन गर्दछौं । “




Prawash Kumar Shakya । ३ जेष्ठ २०७८, सोमबार २१:१८ बजे