सूचना आयोगको स्थापना गरिने -गृहमन्त्री नरेश भण्डारी


१२ भाद्र सुर्खेत

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले नागरिकहरुको सूचनाको हक ग्यारेन्टि गर्न प्रदेश स्तरिय सूचना आयोग स्थापना पहिलो प्राथमिकतामा रहेको बताउनु भएको छ ।

सूचना पाउनु नागरिकको पहिलो अधिकार भएकाले पहिलो प्राथमिकतामा सूचना आयोगको स्थापना गरिने आर्थिक बर्ष ०७५०७६ को स्वीकृत बजेट र कार्यक्रमको बारेमा जानकारी दिन आयोजीत पत्रकार सम्मेलनमा मन्त्री भण्डारीले यस्तो जानकारी दिनुभएको हो ।

प्रदेशमा शान्ति सुरक्षा कायम गर्न अभियान सञ्चानल गरिने र त्यसमा बिना बर्दिका नागरिकहरुको सहभागिता रहने बताउनु भयो । प्रदेशका २ सय २० सुरक्षा यूनिटमा एकै दिन अभियान सञ्चालन गरिने उहाँको भनाई छ । माध्यामिक बिद्यालयमा यस बिषयमा बक्तृत्वकला प्रतियोगिता पनि सञ्चालन गरिने बताउनु भयो ।

शान्ति सुरक्षा अभियान सफल पार्न आमा साँस्कृतिक कार्यक्रम सञ्चालन, सुरक्षित प्रदेश निर्माण गर्न बिभिन्न १० बुँदामा गहिरो अनुसन्धान गरिने, तालीम सेन्टर तथा चौकी निर्माण गरिने पनि उहाले जानकारी दिनुभयो । सुरक्षालाई प्रबिधि साग जोड्ने भन्दै मन्त्री भण्डारीले यसैबर्ष प्रादेशिक छापाखाना निर्माण गर्ने, कर्णाली पत्रकार महासंघको भवन निर्माण गर्ने, पत्रकार स्वास्थ्य बिमा सुरु गर्ने, प्रदेश स्तरिय टेलीभिजन र रेडियो सञ्चालनमा ल्याउने, प्रदेश प्रहरी ब्यूरो निर्माण गर्ने, मनोपरामर्श कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

कानून आयोग, आम सञ्चार प्रतिष्ठान स्थापना गर्ने कार्यक्रम रहेको भन्दै मन्त्री भण्डारीले बाढिपहिरो पुनसर््थापना कार्यक्रम, द्धन्द्ध पीडितको राहत र सिप बिकास तालीम सञ्चालन गर्ने, सुधार गृह स्थापना गर्ने लगायतका महत्वकांक्षि कार्यक्रमहरु सार्बजनिक गर्नुभएको छ । यि महत्वकांक्षि कार्यक्रमहरु कति सफल हुन्छन् भन्ने जिज्ञासामा त्यो मन्त्रालयले मात्रै चाहेर सम्भव नहुने हुँदा सबै सरोकारवाला पक्षको साझेदारीमा मात्रै सम्भव हुने मन्त्री भण्डारीको भनाई छ ।

यी योजनाहरु कत्तिको सफल हुन्छन् त्यो हेर्न भने केही समय कुर्नै पर्ने देखिन्छ ।