संक्रमितलाई लक्षित गर्दै साताव्यापी रक्तदान कार्यक्रम


 

५ जेठ, बाँके । दोश्रोचरणमा कोरोनाको महामारीको हटस्पट बनेको बाँके जिल्लामा आज कोरोना संक्रमित विरामीलाई लक्षित गरि अनलाइन पत्रकार संघ, बाँकेले साता ब्यापी रक्तदान कार्यक्रम सुरु गरेको छ ।

कोरोना संक्रमण बढेसँगै बाँकेमा रगत अभाव भएको खवर बाहिरिए पछि साता ब्यापी रक्तदान कार्यक्रम बुधवारबाट सुरु गरेको संघका अध्यक्ष कमल न्यौपानले जानकारी दिनुभयो ।

उहाँले संकलित रगत कोरोना संक्रमित विरामीलाई दिइने बताउँदै आवश्यक परे अन्य विरामीलाई समेत दिन सकिने जनाउनुभयो । रगत अभावमा विरामीले अकालमा ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको उहाँले बताउनुभयो । रक्तदान जस्तो जस्तो पुन्य कार्यमा सहभागी हुन अपिल समेत अध्यक्ष न्यौपानेले गर्नुभयो ।