१२ साउन, सुर्खेत । संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गरिरहेपछि मध्यपश्चिम विश्वविद्यालयले सञ्चालन गर्ने भनिएका विभिन्न संकायका परीक्षा स्थगित गरेको छ ।
विश्वविद्यालयले आज (१२ गते) देखि विज्ञान तथा प्रविधि संकायको स्नातक तह र १३ गतेदेखि स्नातकोत्तर तहको परीक्षा भौतिक उपस्थितिमा लिने जनाएको थियो । यता विद्यार्थीहरुले भने अनलाइन प्रविधीबाट परीक्षा हुनुपर्ने लगायतका माग राख्दै आन्दोलन गरिरहेपछि विश्वविद्यालयले परीक्षा स्थगित गरिएको जनाएको छ ।
यसैवीच विश्वविद्यालयले समस्या समाधानका लागि प्रा. डा. दीपबहादुर रावलको नेतृत्वमा तीन सदस्यीय उच्चस्तरीय समस्या समाधान समिति गठन गर्दै आन्दोलनरत विद्यार्थी पक्षलाई वार्तामा आउन आह्वान गरेको छ ।



Prawash Kumar Shakya । १२ श्रावण २०७८, मंगलवार १०:५३ बजे