
२० श्रावण, सुर्खेत विषेशज्ञ सेवा शुरु गरेको वीरेन्द्रनगर ९ लाटीकोइली सुर्खेत स्थित लाटीकोइली स्वास्थ्य चौकीमा आज देखि हार्डजोर्नी तथा नशा रोग विषेशज्ञ डा. शुभ श्रेष्ठले निशुल्क चिकित्सकिय सेवा शुरु गर्नुभएको छ ।
अब देखि हरेक हप्ताको बुधवार विहान १० देखि दिउसो ४ बजे सम्म निशुल्क चेकजाँच सेवा शुरु गरिनेभएको हो । आज २४ जना विरामीको चेक जाँच भएको छ जस्मा एकजनालाई प्रदेश अस्पताल रिफर गरेको छु । डा. शुभ श्रेष्ठ भन्नु हुन्छ “म यहाँको स्थानीय भएको नाताले हार्डजोर्नीको विषेशज्ञ सेवाकालागि अन्त जान नपरोस भन्ने रहेको छ ।”
अब स्वास्थ्य चौकी चाँडै नै स्तरोन्नती हुँदैछ आशा छ त्यसपछि केही सामान्य अप्रेशनहरु पनि यही गर्न सकिने छ । डा. शुभले भन्नुभयो ।
त्यस्तै स्वास्थ्य चौकीमा डा. कृतिका थापाले महिनाको दोश्रो र चौथो शुक्रवार दिनको १ देखि ३ बजे सम्म स्त्री रोग सम्बन्धी चेक जाँच गर्ने बताइएको छ ।
स्मरण रहोस डा. शुभ श्रेष्ठ र डा. कृतिका थापा श्रीमान् श्रीमती हुनुहुन्छ ।



Prawash Kumar Shakya । २० श्रावण २०७८, बुधबार १६:५० बजे