
६ भाद्र, सुर्खेत । कर्णाली प्रदेश अस्पताललाई ब्याक टु लाइफ नामक अन्तर्राष्ट्रिय संस्थाले आज एक कार्यक्रमका बीच स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
संस्थाले कोभिड–१९ को उपचार तथा व्यवस्थापनमा सहयोग हुने करिब १ करोड बराबरका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।कर्णाली प्रदेश अस्पताल सुर्खेतमा (आज) बुधबार सम्पन्न
कार्यक्रममा उपस्थित ब्याक टु लाइफका पब्लिक रिलेसन अधिकृत अन्जन दाहालले यो कार्यक्रम ४२औं सामाजिक सेवा दिवसको अवसर पारेर आयोजना गरिएको जानकारी दिनुभयो । संस्थाले बुधबार प्रदेश अस्पताललाई एनेस्थेसिया मेसिन १ थान , प्यासेन्ट मोनिटर १५ थान, पोर्टेबल डि आर एक्स रे डिटेक्टर सिस्टम १ सेट, डेन्टल एक्स रे मेशिन १ सेट हस्तान्तरण सहयोग गरेको अस्पतालका प्रमुख प्रशासक विनोद बस्नेतले जानकारी दिनुभयो ।
ब्याक टु लाइफ जर्मन आइ एनजीओ हो । संस्थाले नेपालमा सन् २००९ देखि शिक्षा, स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा काम गरिरहेको छ । हाल कर्णाली प्रदेशको मुगु जिल्लामा र विकासका दृष्टिकोणले पछि परेका बागमती प्रदेशका केही जिल्लाहरुमा समेत स्वास्थ्य सहयोगका कार्य गर्दै आएको छ । सामुदायिक विकास र सहयोगको अलवा मुलुकले खेप्नु परेका अचानक आइलाग्ने प्राकृतिक एवम् स्वास्थ्य संकटको बेलामा ब्याक टु लाइफले सधैँ सक्दो राहत् कार्यक्रमका साथ सहयोग गरिरहेको बताइएको छ ।
मुगुका सबै पालिकामा कार्यरत संस्थाले मुगु जिल्लामा १५ वटा बर्थिङ्ग सेन्टर सन्चालन गरेको छ । त्यस्तै कोभिड १९ को उपचारको लागि मुगु र वागमती प्रदेशमा पटक-पटक मेडिकल र राहत सामग्री सहयोग गरेको छ ।



Prawash Kumar Shakya । ६ आश्विन २०७८, बुधबार २१:५२ बजे