१० फागुन, नेपालगन्ज-भारतमा हालै सम्पन्न दक्षिण एशियाली खेलकुद (साग) मा कांस्य पदक जित्ने खेलाडीलाई सम्मान गरिएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर–२७ वसन्तपुर निवासी खेलाडी सरोज पुनले ‘उस्सु’ तर्फको (६५ केजी) तौल समूहमा कास्य पदक जितेका थिए।आफ्नै गाउँमा जन्मेको, हुर्केको खेलाडी अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागि भएर समग्र राष्ट्र र आफ्नो ठाउँको इज्जत बढाएको भन्दै वसन्तपुरस्थित म्याक्सो स्पोर्टस् क्लबको अगुवाईमा स्थानीय बासिन्दाले सोमबार खेलाडीलाई सम्मान गरेका हुन् । पदक विजेता खेलाडीलाई उनीहरुले ढाकाको टोपी, फुलमाला, पुष्पगुच्छा र अविर लगाएर गाउँभरी घुमाएका थिए । सो अवसरमा महिला, जेष्ठ नागरिक, बालबालिका, समाजसेवी लगायत सहभागि थियो ।
सम्मान ग्रहण गरिसकेपछि कांस्य पदक विजेता सरोजले व्यक्तिगत मेहेनतले मात्र नभएर सबै नेपाली, आफन्त, शुभेच्छुकको हौसलाले नै आफु यो स्थानमा पुगेको बताए । ‘यो सम्मानले मलाई अझ धेरै उत्साह प्रदान गरेको छ,’ उनले भने ।
साभारः नागरिक न्यूज



Milan Shrestha । १० फाल्गुन २०७२, सोमबार १४:४२ बजे