काठमाडौं( आवश्यक पाइलट अभाव हुँदा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानमा आफ्ना चार जहाजलाई पूर्णक्षमतामा उडाउन सकेको छैन। जति जहाज थपिँदै जान्छ, त्यति नै पाइलट अभाव झेल्न थालेको निगम यसैका कारण व्यापारिक हिसाबमा पछाडि परेको त छँदै छ, त्यसमाथि आफ्नो छवि थप धमिलो समेत बनाइरहेको छ।
निगम व्यवस्थापनले नै उपलब्ध गराएको ताजा तथ्यांकअनुसार हाल दुईथान ुबोइङ ७५७ु जहाज उडाउन १८ जनामात्र पाइलट छन् भने ुए३२०–२००ु सिरिजका दुईथान जहाज उडाउन नौजना मात्र पाइलट छन्। दुइटा बि७५७ लाई १४ क्याप्टेन र १४ को–पाइलट तथा ए३२० लाई पनि त्यति नै संख्या गरी कुल ५६ पाइलट आवश्यक पर्छन्।
ुहामीलाई पाइलट अभावले विस्तारै समस्या पर्न थालेको छ,ु निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले सोमबार नागरिकसँग भने, ुपछिल्लो विवरणअनुसार निगमलाई ठूला जहाज उडाउन तत्काल डेढ दर्जन पाइलट आवश्यक छ।ु
सम्बद्ध एक अधिकारीका अनुसार अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा उत्पादित १ सय ९० सिट क्षमतायुक्त बि७५७ सिरिजका दुईथान जहाज उडाउन हाल १७ जना क्याप्टेन छन्। दुई जहाजलाई १७ जना भए पुग्छ। तर, को–पाइलट भने एकजना मात्र छन्, जबकि यी दुई जहाज उडाउन १४ जना को–पाइलट चाहिन्छ।
त्यसैगरी युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग हालै खरिद गरी ल्याइएका १ सय ५८ सिट क्षमतायुक्त ए३२० सिरिजका दुईथान जहाज उडाउन सातजना क्याप्टेन छन् भने दुईजना मात्र को–पाइलट छन्। नौ पाइलटले दुई ठूला जहाजलाई पूर्णक्षमतामा उडाउनु सबैभन्दा चुनौतीपूर्ण काम हो।
ुयो व्यावहारिक रूपमा सबैभन्दा कठिन काम हो,ु ए३२० का एक क्याप्टेनले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने, ुतर, हामीलाई वाध्यता छ, जहाज त उडाउनै पर्छ, घाममा सेकाएर राख्ने कुरो भएन।ु
निगम सञ्चालक समितिले दुइटा बि७५७ जहाजका लागि आधा दर्जन को–पाइलट आन्तरिक रूपमा लिन व्यवस्थापनलाई स्वीकृति भने दिइसकेको छ। ुहामी त्यसैअनुसार आन्तरिक उडानका क्याप्टेनलाई बोइङको को–पाइलटमा स्तरोन्नति गर्ने प्रक्रियामा लागेका छौं,ु प्रवक्ता शर्माले भने, ुत्यस्तै ए३२० का लागि १४ जनाले को–पाइलटको तालिम पूरा गरेर आएका छन्।ु
त्यसैगरी ए३२० जहाजलाई आवश्यक थप सातजान क्याप्टेनमध्ये पाँचजना जति विदेशी लिने तयारी सञ्चालक समितिले गरिरहेको छ। समिति सम्बद्ध एक अधिकारीका अनुसार विदेशी पाइलटलाई १२ हजारदेखि १४ हजार अमेरिकी डलर तलबभत्ता दिने तयारी छ। तीमध्ये दुईजनासँग कुराकानी अगाडि बढेको र एकजनालाई एक वर्षे करारमा नियुक्ति दिइसकिएको छ।
व्यवस्थापनकै एक उच्च अधिकारीले पाइलटलाई आकर्षक सेवा–सुविधा दिन नसकेका कारण निगमका जहाज उडाउन पाइलटहरूले चासो नदिएको बताए। उनका अनुसार निगमका क्याप्टेन ९जसले जहाज कमान्ड गर्छन्० ले मासिक औसत ८० घन्टा उडान गर्न पाए भने सबै कर कटाएर प्रतिमहिना २ लाख २५ हजारदेखि २ लाख ५० हजार रुपैयाँसम्म हात पार्छन्।
ुतर, यो रकम भनेको यहीँका निजी वायुसेवा कम्पनीका साना जहाज उडाउने क्याप्टेनको भन्दा कम हो किनभने निजी कम्पनीका क्याप्टेनल महिनाको पाँच लाखभन्दा बढी खान्छन्। त्यसमाथि छिमेकी देशमा ठूला जहाज उडाउने क्याप्टेनले मासिक न्यूनतम ८ लाख रुपैयाँ तलब थाप्छन्,ु ती अधिकारीले भने, ुहामीले दुःखका साथ भन्नुपर्छ, यो विडम्बना हो र हामी चाहेर पनि पाइलटलाई सेवा सुविधा थप्न सकिरहेका छैनौं।ु
निगम व्यवस्थापनले बि७५७ जहाज उडाउन आफूसँग जति क्याप्टेन उपलब्ध छन् भने पनि अधिकांशको उमेर ६० वर्ष पुग्न लागिसकेको छ। सम्बद्ध एक अधिकारीका अनुसार हाल वरिष्ठ क्याप्टेन युवराजकुमार भट्टराई निगमकै सबैभन्दा पाका पाइलट हुन्। उनी बि७५७ को एकमात्र प्रशिक्षक पाइलट हुन्। उनीसहित ६० वर्ष उमेर कटेकामा ज्ञानेन्द्रपुरुष ढकाल, सुधीर राई र रविन्द्रबहादुर श्रेष्ठ छन्।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ९आइकाओ० को नियमअनुसार ६० वर्ष उमेर कटेका दुई पाइलटले एउटै ककपिटभित्र बसेर जहाज उडाउन पाइँदैन। त्यसैगरी ५९ वर्ष उमेर कटेका क्याप्टेनमा केबी पौडेल क्षेत्री, सन्तोष शर्मा, डिएन राणा, ओबी गुरुङ, आरजेबी राणा र दीपाल शेरचन छन्।
ुअर्को दुःखद कुरो के हो भने अहिले ए३२० जहाज उडाउन प्रशिक्षक पाइलट नै छैनन्,ु एक क्याप्टेनले भने, ुअनि भर्खरै तालिम सकेर आएका ए३२० का १४ जना को–पाइलट कसको कमान्डमा उडेर तालिम लिनेरु यसबारे व्यवस्थापनले हालसम्म केही पनि सोचेको छैन।ु
ए३२० उडाउने क्याप्टेनमा रविन्द्रपुरुष ढकाल, सुवर्ण अवाले, प्रदीप राजभण्डारी, समजकुमार श्रेष्ठ, विजय लामा, सुभाष रिजाल र श्याम ढेवाजु छन्। ढकालको उमेर पनि ५९ वर्ष कटिसकेको छ।
बि७५७ जहाजमा पाइलट कसरी आपूर्ति गर्ने भन्ने योजना निगम व्यवस्थापनसँग नरहेको यो जहाजका एकमात्र प्रशिक्षक पाइलट युवराजकुमार भट्टराईले बताए। ुव्यवस्थापनले बि७५७ लाई कसरी, कहाँबाट र कति योग्यता भएका पाइलट लिने भनेर मलाई केही सोधेको छैन,ु उनले भने, ुयसअघि पहिला जहाज ल्याउने अनि त्यसपछि पाइलट खोज्ने उल्टो काम गरियो र त्यो नै गलत हुन पुग्यो।ु




Milan Shrestha । ११ फाल्गुन २०७२, मंगलवार ०५:४५ बजे