
माघ ४ सुर्खेत । थारु कल्याकारिणी सभा सुर्खेतद्धारा आयोजित माघि मिलन कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरापालिका वडा नः९का वडा अध्यक्ष सुरेश मानन्धरले कुनै पनि निति,निर्माण कार्य समयमा नै सम्पन्न गरि शुभारम्भ गर्ने जिम्मा आफ्नो भएको बताउनु भएको छ ।
माघि मिलन कार्यक्रममा बोल्दै अध्यक्ष मान्नधरले भन्नु भयो,हिजोआज थारु बस्तीभित्रै खेत किनेर घडेरी बेचेरपछि अन्य समुदायको बसोबास बढ्न थालेपछि अचेल थारु संस्कृति जगेर्नाका लागि होम स्टे तथा अन्य संघसंस्था, क्लवहरु लागि परेका छन्। नयाँ नयाँ संस्कृति भित्रन थालेसंगै थारु समुदायका अगुवाहरुले २०४९ सालदेखि सुर्खेतमा आफ्नो संस्कृति जगेर्ना गर्न लागि परेका हुन्। थारु गाउँहरु वीरेन्द्रनगरभित्र धेरै रहेकाले उनीहरुको कला संस्कृति, रहनसहन र सभ्यता झल्किने थारु संग्रहालय बनाउन लागिएको वीरेन्द्रनगर नगरपालिका–९ का वडाध्यक्ष सुरेस मानन्धरले बताउनु भयो । ‘संग्रहालयको भवन अन्तिम तयारी हुँदैछ’, वडाध्यक्ष मानन्धारले भुन्नु भयो , ‘संग्रहालयमा थारु समुदायको कलात्मक सामग्रीहरु र संस्कृति झल्कने सामग्रीहरु राखिने छ।’

थारु समुदायका अगुवा एवंम् थारु कल्याकारीणीका सल्लाहकार मानबहादुर चौधरी पन्नाका अनुशार, माघको १ गते विशेष पूजा सकेर प्रत्येक थारु गाउँमा १ जना मुखिया छान्ने चलन रहेको छ । ‘पुष अन्तिम हप्ताबाट छलफल भएर माघको १ गते स्वतन्त्र रुपमा मुखिया छान्ने चलन छ,’ अगुवा मानबहादुर चौधरीले भन्नु भयो , ‘छानिएको मुखियाले समुदायको हितका लागि वर्षभरीको लागि योजना बनाउने लगायतका कामहरु गर्नु हुन्छ ।’



Milan Shrestha । ४ माघ २०७८, मंगलवार २१:३९ बजे