ढाकामा बन्दुकधारीद्वारा कैयौंलाई बन्धक


160701220719__90196938_mediaitem90196937बांग्लादेशको राजधानी ढाकास्थित एउटा लोकप्रिय क्याफेमा बन्दुकधारीहरुले कैयौं मानिसहरुलाई बन्धक बनाइरहेका छन्।

गुलशन जिल्लास्थित उक्त क्याफेमा ८ वा ९ जना हतियारधारीद्वारा बन्धक बनाइएकाहरुमा थुप्रै विदेशी नागरिकहरु रहेको बताइएको छ।

एकजना प्रवक्ताका अनुसार गोली हानाहानमा दुईजना प्रहरी मारिएका छन् भने करिब ३० जना घाइते भएका छन्।

तथाकथित इस्लामिक स्टेट समूहले आफूले आक्रमण गराएको बताएको छ।

उक्त समूहको समाचार एजेन्सी अमाकमा उपलब्ध एउटा वक्तव्यमा लडाकुहरुले ‘प्रायः विदेशीहरु गइरहने’ एउटा रेष्टुराँमा आक्रमण गरेको उल्लेख छ।

आक्रमणमा विभिन्न मुलुकका २० जनाभन्दा बढी नागरिक मारिएको दाबी गरिएपनि त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

साभारः विविसी