
२५ माघ, सुर्खेत । कार्यालय स्थापना भएको करिब २ हप्तामा राष्ट्रिय भूमि आयोगले आफ्नो सक्रियता बढाएको छ ।
सुकुम्वासी समस्या समाधानका लागि गठित राष्ट्रिय भूमि आयोग सुर्खेतले स्थानीय तहसँग कार्य सम्झौता, सेवा कार्यालय स्थापना र ५ वटा स्थानीय तहमा सेवा कार्यालय स्थापना गरेर जग्गाको विवरण संकलनका लागि प्रक्रिया थालेको हो ।
राष्ट्रिय भूमि आयोग सुर्खेतका अध्यक्ष श्रीधर पौड्यालले एक महिनाभित्र लालपूर्जा वितरण गर्ने गरी काम सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो हामीले पहिला जिल्लाको पूर्वी भेग भेरीगंगा र गुर्भाकोट नगरपालिमा पर्ने कोटमाँझ खर्कका बासिन्दालाई लालपूर्जा बाँड्ने तयारी गरेका छौं ।
कोटमाझ खर्कमा २०२२ सालदेखि कोट माझ खर्कमा स्थानीयहरु बसोबास गर्दै आए पनि अधिकांस सँग हालसम्म जग्गाको लालपूर्जा छैन । केही सँग भने सेतो पुर्जा रहेको छ ।
आयाेगका अध्यक्ष श्रीधर पाैड्यालले भन्नुहुन्छ आयाेगकाे उद्देश्य लालपुर्जा वितरण गर्नु रहेकोले यस पटक जसरी भएपनि लालपुर्जा वितरण गर्नु पर्छ भन्ने कार्यमा लागेका छौ ।



Prawash Kumar Shakya । २५ माघ २०७८, मंगलवार १२:५० बजे