पछिल्लो २४ घण्टामा सुर्खेत र नेपालगंजमा धेरैवर्षा


सुर्खेत ३, साउन । सुर्खेतमा पछिल्लो २४ घण्टामा सुर्खेतमा ४६ दशमलव २ मिलिमिटर पानी परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सुर्खेतमा पछिल्लो २४ घण्टामा ४६ दशमलव २ मिलिमिटर वर्ष भएको जानकारी दिएको छ । मध्य तथा सुदुर पश्चिममा भने सबैभन्दा धेरै नेपालगंजमा वर्ष भएको छ ।

नेपालगंजमा पछिल्लो २४ घण्टामा ६३ दशमलब ८ मिलिमिटर बर्षा भएको महाशाखाले जनाएको छ । दाङ्गमा २७ दशमल २, धनगढीमा १५ दशमलव ४, दिपायलमा ८ दशमलव १, डडेलधुरामा ६ दशमवल २ र जुम्लामा ४ दशमल ७ मिलिमिटर वर्ष भएको छ ।

लगातारको वर्षाको कारण पहिरो जादा कर्णाली राजमार्ग सोमवार विहानै देखि अवरुद्ध भएको छ । कालिकोटको भर्ता गाविस २ पहिरो जादा अवरुद्ध भएको सडक अझै खुलेको छैन । लगातार वर्षा भैइरहेपनि वाढी, पहिरोका कारण मध्यपश्चिमका कुनै पनि ठाउँमा जनधनको क्षेति नभएको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।