सुर्खेतमा अटो आतंक


मिलन श्रेष्ठ

जेठ ३१, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर स्थती यरिचौकमा गएराती भएको दुर्घटनामा वीरेन्द्रनगर नगरपालिका २ नम्बर वडा कार्यालयका सचिव नारायणदेव गिरीको मृत्यु भएको छ । मुलपानीबाट यरिचौकतर्फ गइरहेको भे १ ह ३८७४ नम्बरको अटोले गिरी सवार भे ७ प १८३४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा गिरी घाइते हुनुभएको थियो ।

घाइते गिरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । गिरी वीरेन्द्रनगर–४ निवासी हुनुहुन्छ । अटो र अटो चालक दिपककुमार सावदलाई नियन्त्रणमा लिएको कार्यालयको भनाई छ ।