वडाअध्यक्ष कार्कीलाई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
स्मरणरहोस फागुन ८ गते सुर्खेत-नेपालगंज सडकखण्डको भेरीगंगा नगरपालिका वडा नं. १२ छिन्चु बजारदेखि पश्चिम तर्फको सडकमा सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्वरको माइक्रोबसले छिन्चु जाँदै गरेको कार्की सवार भे ६ प ४४०१ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको थियो । वडाध्यक्ष कार्कीको गएराति काठमाडौंको न्यूरो अस्पतालमा निधन भएको हो ।




Prawash Kumar Shakya । १४ फाल्गुन २०७८, शनिबार ०८:५३ बजे