२१ बर्षपछि काँक्रेविहारमा बत्ती बल्दै (भिडियोसहित)


२० फागुन, सुर्खेत । करिब २१ बर्ष पछि नेपालको पहिलो संरक्षित वन “काँक्रेविहार” मा वत्ती बल्ने भएको छ ।

वीरेन्द्रनगर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष सुरेश मानन्धरको पहलमा काँक्रेविहारमा बत्ती बल्न लागेको हो । २०५७ सालमा काँक्रेविहार उत्खनन् कार्यलाई सहजता बनाउकालागि विधुतको लाइन विस्तार कार्य अगाडी बढाइएपनि द्वन्दका कारणले पूर्णता पाएको थिएन ।

हाल करिब २१ बर्ष पछि वडा सुरेश मानन्धरको पहलमा बत्ती बल्ने कार्य शुरु भएको छ । अध्यक्ष मानन्धर भन्नुहुन्छ । “निकट भविष्यमा काँक्रेविहारमा मिनी चिडियाखाना निर्माण, वाल उद्यान तथा काँक्रेविहारमा रहेका जनावरहरुको सुरक्षालागि पनि विधुतको आवश्यक रहेको हुँदा हामीले वन डिभिजन कार्यालय र विधुत प्राधिकरणको सहयोगमा काँक्रेविहार मन्दिर सम्म विधुत सेवा पुर्याउँदै छौ ।”