अपाङ्गता भएका महिलाहरुका लागि ३ दिने कार्यशाला गोष्ठि


१७ असार,सुर्खेत । राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपालको कर्णाली प्रदेशक स्तरिय ३ दिने कार्यशाला गोष्ठि प्रारम्भ भएको छ ।

राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपाल प्रदेश स्तरिय सञ्जालको समन्वय र राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ केन्द्रको सहकार्यमा असार १७ देखि १९ गते सम्म तीन दिने कार्यशाला गोष्ठिको आयोजना गरिएको हो ।राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपालका केन्द्रिय अध्यक्ष प्रतिमा गुरुङ्गको अध्यक्षता,वीरेन्द्रनगर नगरपालिका वडा नः६का वडा अध्यक्ष जनकबहादुर रावलको प्रमुख आथित्यता तथा संस्थाका सल्लाहकार कृष्ण गहतराजको बिेशष आथित्यमा कार्यशाला गोष्ठि सम्पन्न भएको छ ।

अपाङ्गता भएका महिला माथि हुने हिंसा,मानवअधिकार र राष्ट्रिय कानुन तथा निति सम्बन्धी बिषयक शिर्षकहरुमा छलफल सहित स्थानिय तहमा कार्यशाला गोष्ठिको समापन गरिने आयोजकले जानकारी दिएको छ ।गोष्ठिमा अपाङ्गता भएका महिलाहरुमा पनि संरचनागत तथा बस्तुगत अवरोधका कारण सामाजिक, आर्थिक,राजनैतिक र सांस्कृतिक रुपमा बहिष्करणमा पारिएको हुदा उहांहरुको सशक्तिकरणका लागि प्रदेश स्तरिय सञ्जाल निर्माण गरि त्यसको सवलीकरण गर्दे अगाडि बढ्नु पर्ने आजको आवश्यकता रहेको गोष्ठिका सहभागीहरुले औल्याएका छन् ।

१७ गते देखि १९ गते सम्म वीरेन्द्रनगरमा संचालन हुने कार्यशाला गोष्ठिमा सुर्खेत,दैलेख र सल्यान जिल्लाका ३५ जना जनजाति अपाङ्गता भएका महिलाहरुको सहभागीता रहेको रत्ना रानाले जानकारी दिनुभयो ।