
२८ जेठ, सुर्खेत । कर्णालीको कालिकोट जिल्लामा रहेका विपन्न महिलाहरुकालाई व्यावसायिकरण गर्नकालागि राष्कोट नगरपालिका कालिकोटको आर्थिक सहयोगमा आज देखि यही असार २५ गते सम्म ३० दिने अटो चालकको तालिम शुरु गरेको छ ।
पचालझरना राष्ट्रिय विकास समाज कालिकोटको आयोजना तथा कर्णाली महादेव मोटर ड्राइभिङ्ग तालिम सेन्टरको सहजिकरणमा तालिम शुरु गरिएको हो ।
राष्कोट नगरपालिकाका ३ वडाबाट अटो चालक बन्न इच्छा भएका ३ विपन्न महिलाहरुलाई व्यावसायिक बनाउनकालागि तालिम शुरु गरिएको पचालझरना राष्ट्रिय विकास समाजका अध्यक्ष जयकला शाहीले बताउनुभयो ।
यसैगरि राष्कोट नगरपालिकाले लघुउद्यम विकास तालिम अन्तरगर्त इको सेनेटरी प्याड बनाउने तालिमपनि आयोजना गरेको उपप्रमुख मिमसरा शाहीले जानकारी दिनुभयो ।



Milan Shrestha । २८ जेष्ठ २०७६, मंगलवार २०:४६ बजे